नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

कैलाली | बैशाख ३०, २०८१

नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

कैलालीः   कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिनुभयो ।

 


उहाँको अनुसार गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी विष्टले बताउनुभयो।

 

दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


 

मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।   यसअघि वैशाख १८ गतेका लागि तय गरिए...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्